चट्याङ लागेर ६ वर्षीया बालिकाको मृत्यु, ५ जना घाइते



सल्यान: चट्याङ लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ भने एकै घरका ५ घाइते भएका छन् ।
सल्यानमको कुमाख गाउँपालिका ३ चिनालीमा चट्याङ लागेर ६ वर्षीया बालिका हिमानी रानाको मृत्यु भएको प्रहरीलले जनाएको छ ।

मंगलबार बिहान घरमा परेको चट्याङले सख्त घाइते भएकी हिमानी रानाको जिल्ला अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जनाएको छ ।

वर्षातसँगै परेको चट्याङका कारण कुमाख गाउँपालिका ३ चिनालीका वर्षीय ३६ का अतिराम राना, उनकी ३० वर्षीया श्रीमती दीपा राना, ८ वर्षीय छोरा यमराज, २६ वर्षीय भाइ टेकबहादुर र २३ वर्षीय भतिजा रनसिंह राना रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्