अवैध लागूऔषध सहित २ जना पक्राउ



दाङ : घोराही उपमहानगरपालिका-३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमही नगरपालिका-६ बस्ने ३१ वर्षीय अनिल चौधरी र राप्ती गाउँपालिका-३ बस्ने २४ वर्षीय देबेन्द्र बिक रहेका छन् ।

उक्त स्थानमा खटिएको प्रहरीले रा.३ प ८७५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक चौधरी र मोटरसाइकलमा सवार देबेन्द्रलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्