जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ



कास्की : पोखरामा जुवातास खेल्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने रौतहट चन्द्रनिगाहपुर-५ घर भएका ४७ वर्षीय दुर्गा बहादुर सुवेदीको दुर्गा बेकरीमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी लगायत ६ जनालाई नगद ३६ हजार ६ सय ९० रुपैयाँ र ४ बुक तास सहित प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बेकरी संचालक दुर्गा समेतका उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्