चट्याङले चौपाया मरे



सिन्धुपाल्चोक: वर्षा र हावाहुरीसँगै गएराति परेको चट्याङबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एक हल गोरुसहित पाँच वटा चौपाया मरेका छन् ।

चट्याङबाट वडा नं ४ पाङ्ताङका छेवाङ तामाङको एउटा गोरु, दुई वटा गाई र निमादोर्जे तामाङको गाई र गोरुसहित पाँचवटा पशु चौपाया घटनास्थलमा मरेको वडा सदस्य लालबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसारसँगै रहेका तीन वटा गोठमध्ये दुई वटामा चट्याङ परेको थियो ।

प्रतिक्रिया दिनुहोस्