विदेशमा अलपत्र परेकाको उद्धार गरिदिन पालिकाको परराष्ट्रलाई आग्रह



खोटाङ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्र मन्त्रालयसँग आग्रह गरेको छ ।

गाउँपालिकाबाट एक हजार ८७ स्थानीय विदेश पुगेकामा एक सय ५९ जनाको अवस्था दयनीय पाइएपछि उनीहरुको उद्धार तथा सहयोगका लागि परराष्ट्र मन्त्रालयलाई लिखित आग्रह गरेको हो ।

कतिपयले रोजगार गुमाएको, कतिपय खाने र बस्ने समस्याबाटै पीडित भएको दर्दनाक अवस्थाको जानकारी आएपछि गाउँपालिकाले उनीहरुको उद्धार तथा सहयोगका लागि मन्त्रालयलाई आग्रह गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्