बार्सिलोना एथलेटिक बिल्बाओसँग बराबरीमा रोकियो



एजेन्सी : ला लिगा लिडर बार्सिलोनाका एथलेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको छ । योसँगै बार्सिलोनाले लगातार तेस्रो खेल बराबरी खेलेको हो ।

बार्सिलोनाले पटक पटक मौका पाएपनि सदुपयोग गर्न नसक्दा जित निकाल्नबाट चुकेको हो । उसको महत्त्वपूर्ण खेलाडी लिओनल मेसी तिघ्राको समस्याबाट मुक्त भएर खेलमा फर्किएका थिए । सोही समस्याका कारण उनले अघिल्लो साता खेलिएको कोपा डेल रेको रियल म्याड्रिडविरुद्घको खेलमा पहिलो हाफ बेञ्चमा बिताएका थिए ।

बार्सिलोनाको २३ खेलमा ५१ अंक छ । रियल म्याड्रिडले समान खेलमा ४५ अंक जोडेको छ भने एटलेटिकोको ४४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्