अवैध लागूऔषध गाँजा सहित पक्राउ



सर्लाही : लालवन्दी नगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका-१२ घारीबथान बस्ने ४६ वर्षीय फगुनी यादव रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्