महिला फुटबल : आज नेपाल–भारत भिड्दै



काठमाडौं : भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरणमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे सुरु हुनेछ । 

घरेलु टोलीविरुद्ध मैदानमा उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजी हुनेछ । पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोलले पराजित भएकाे थियाे । आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ । प्रतियोगितामा एक–एक जित निकालेका भारत र म्यानमारको समान तीन–तीन अङ्क छ । नेपाल र इरानले अङक जोड्न सकेका छैनन् । राउन्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्