आइसीसी र्‍याङ्किङको ४०औं नम्बरमा पारस खड्का



काठमाडौं : नेपाली क्रिकेट टोलिका कप्तान पारस खड्का आइसीसी टी–२० अलराउण्डरको सूचीमा उत्कृष्ट चालिसमा परेका छन् । आज अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले प्रकाशित गरेको र्‍याङ्किङमा खड्का ४० औं नम्बरमा अटाएका हुन् । 

यो सूचीको पहिलो नम्बरमा बंग्लादेशका सकिब अल हसन छन् भने दोस्रो नम्बरमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।

नेपालका अर्का खेलाडी सोमपाल कामी बलिङतर्फ ७० औं स्थानमा आइपुगेका छन् भने अलराउण्डरतर्फ ५१ औं स्थानमा छन् । बलिङतर्फ नै बसन्त रेग्मी ७१ औं स्थानमा छन् भने सन्दीप लामिछानेले १५९ औं स्थानमा आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्