अवैध लागूऔषध सहित पक्राउ



सिराहा : कल्याणपुर नगरपालिका-४ महुलियाँबाट नियन्त्रित लागूऔषध कोरेक्स ४३ पिस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिर्चैया नगरपालिका-७ फुलबरीयाँ बस्ने २९ वर्षीय फिरोज शेख समेत २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ ।

यस्तै, चितवनको राप्ती नगरपालिका-१२ धनमाग गैरी भन्ने ठाउँबाट अवैध लागूऔषध गाँजा ३४ केजी बरामद गरेको छ ।

उक्त ठाउँमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्