भरुवा बन्दुक सहित एक जना पक्राउ



खोटाङ : हलेसी तुवाचुङ नगरपालिका-१० रिट्ठाबोटे बस्ने २५ वर्षीय नवीन राईलाई एकनाले भरुवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्