अवैध लागूऔषध सहित पक्राउ



सुनसरी : प्रहरीले अवैध लागूऔषध सहित पक्राउ ३ जनालाई पक्राउ गरेको छ।

भोक्राहा नरसिंह गाउँपालिका-६ नहर चोकबाट नियन्त्रित लागूऔषध ट्रोमाडोल ३ हजार ८ सय ४० क्याप्सुल, डाईलेक्स डिसि ४ बोतल, नगद ७४ हजार २ सय १० रुपैयाँ र मोबाइल ३ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भोक्राहा नरसिंह गाउँपालिका-३ फुलचोक बस्ने राज कुमार मण्डल, धरान उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय अजय श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय अर्जुन कार्की रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मण्डलले हाँकेको प्रदेश १-०२-०४०-प.५३२७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नियन्त्रित लागूऔषध फेला पारी लागूऔषध खरिद गर्न को २२ प.७३५३ नम्बरको मोटरसाइकलमा आएका श्रेष्ठ र कार्कीलाई समेत पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको मनहरी गाउँपालिका-६ बस्ने ३२ वर्षीया फुलमाया तामाङलाई अवैध लागूऔषध गाँजा ८० केजी सहित प्रहरीले पक्राउ गरेको छ ।

तामाङको घरमा लागूऔषध गाँजा लुकाइछिपाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाइछिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्