मेयर र रौतटहका सुरक्षा निकायका टोलीद्वारा सीमा क्षेत्रको निरीक्षण



रौतहट– रौतहटको प्रमुख जिल्ला अधिकारी बासुदेवसहितको टोलीले रौतहटको इशनाथ नगरपालिका स्थित दशगजा र सीमा नाकाको निरिक्षण गरेका छन् ।

भारतिय पक्षले दसगजा क्षेत्रको बाधलाई आफू खुसी सिमा मिचेर बाध्न र मर्मत गर्न लागेको भन्दै वडा अध्यक्ष सहित स्थानीय बासिन्दाले हल्लाख्ल्ला मचाउँदै गुनासो गरेपछि जिल्ला सुरक्षा निकायका प्रमुख, जिल्लाको तथा स्थानीय तहका प्रमुख हरुको संयुक्त टोली जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर १ बंजरहा स्थित नेपाल भारत सीमामा सुनिएको समस्याको आइतवार स्थलगत निरिक्षण गरेका हुन् ।

नगरपालिकामा पर्ने १,२ र ३ नम्बर वडानै डुवानमा पर्नेगरी सीमा मिचेर ड्याम बनाउन लागेपछि स्थानीयले शनिबार यसकोे बिरोध गरेका थिए । भारतले निर्माण गरेको डयाममा र्ममत गर्न लाग्दा नेपाली भूमि च्यापिएको भनी सार्वजानिक भएपछि सुरक्षा निकायका तथा स्थानीय तह गौर नगरपालिका र ईशनाथ नगरपालिका को प्रमुखहरुको संयुक्त टोली निरीक्षण गरेको हो ।

पुरानो बांधको उचाई तथा चौड़ीकरण भारत सरकारले गर्न लागेको हो । भारतको पूर्वी चम्पारणको जिल्ला मोतिहारी बलुवा गाउको वड़ा नम्बर ३ मा रहेको उक्त बांधको मरमत गर्ने कार्य जारी रहेकोमा ठेकेदारले माटो हल्दा हल्का नेपाली दशगजामा माटो परेकोले समस्या उत्पन्न भएको छ।

स्थलगत अनुगमन पछि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नेपाल भारतको प्रमुख जिल्ला अधिकारी विच भएको लिखित सहमतिको भारतिय पक्षले पालना नगरेको आरोप लगाएको छ ।

नेपाल भारत सीमामामा रहेको पिलर संख्या ३४७ भन्दा पूर्व लगभग २०० मीटरमा माटो हाल्ने सहमति भएकोमा माटो पुरिएको देखिएपछि सहमतिको उल्लघन भएको तर सीमा नै मिचिएको भन्न नमिल्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

पूर्ण निर्माणको क्रममा नेपालको भूभाग मीचिएको भन्ने अहिले यकीन गरी भन्ने अवस्था नरहेको बताउँदै नेपाल भारत सीमा निरीक्षण टोलीले नाप जाच गरे पछि यकीन गर्न सकिने जिकिर गरे ।

बांध अहिलेको नभई पुरानो नै रहेको उनले बताए लिखित सहमति अनुसार बांधमा भएको हनुमान मन्दिर देखि पच्छिम माटो हाल्ने रहेको थियो तर अहिले मन्दिरदेखि पच्छिम सम्म बांध मा माटो थुपारिएको छ । भारतीय समकक्षी मोतिहारीको डीएम सित कुरा हुँदा माटो थुपार्ने काम अहिले रोकने प्रतिवद्धता जनाएको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले यो समाधान हुने विश्वास व्यक्त गरे ।

टोलीमा गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, इशनाथ नगरपालिकाका नगर प्रमुख संतोष मेहता, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, शस्त्र प्रहरी उपरिक्षक रोविन कर्णजित, जनपद प्रहरी उपरिक्षक रविराज खड्का, अनुसन्धानका प्रहरी उपरिक्षक अभिनय सिंह, नेपाली सेनाका प्रमुख सेनानी समन्त धोजखाड, युवा नेता मोहन मेहता, उद्योग वाण्ज्यि संघको अध्यक्ष पंडित जयसवाल, वडा अध्यक्ष विगु साह लगायत स्थानीय भद्रभलादमिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्