प्रधानसेनापतिद्वारा सहायक रथी खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं– लेखा उपरथी दर्जामा पदोन्नती भएका लेखा सहायक रथी ध्रुवराज खत्रीलाई दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बैशाख २४ गतेको मन्त्रीपरिषद्को बैठकको निर्णय बमोजिम जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु गरेका हुन् ।

लेखा उपरथी दर्जामा पदोन्नती भएका लेखा उपरथी खत्रीलाई श्री सैनिक आर्थिक प्रशासन विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो

प्रतिक्रिया दिनुहोस्