‘कोही परफेक्ट त कोही क्युट जोडी’



एजेन्सी : बलिउडमा प्रेम र ब्रेकअपलाई सामान्य मानिन्छ ।  बलिउडमा यस्ता धेरै जोडी छन्, जसका जोडी पर्दामा र रियलमा पनि बनेका छन् ।

आज हामी यस्तै जोडीका बारेमा चर्चा गर्नेछौं । यस्ता जोडीमा दिलीपकुमार–सायरा बानू, अमिताभ बच्चन–जया बच्चन, रजनीकान्त–लता, नीतु सिंह–ऋषि कपुर, अजय देवगन–काजोल, अक्षयकुमार–ट्विङ्कल खन्ना, शाहरुख खान–गौरी खान, धर्मेन्द्र–हेमा मालिनी, रितेश देशमुख–जेनेलिया डिसुजा, अभिषेक बच्चन–ऐश्वर्या राय बच्चन छन् ।

सन् १९६६ मा वैवाहिक जीवनमा प्रवेश गरेका दिलीपकुमार र सायरा बानू पुरानो चर्चित जोडीमध्ये एक हो । ४८ वर्ष लामो वैवाहिक जीवनमा दिलीप–सायराले एकअर्काका साथ   कहिल्यै छाडेनन् । विवाह गर्दा उनीहरू करिअरको उत्कृष्ट श्रेणीमा पुगेका थिए । आफ्नो समयमा दिलीप जति सफल थिए, सायरा पनि उत्तिकै चर्चित नायिका थिइन् ।

सन् १९७३ मा विवाह गरेका अमिताभ र जयाले वैवाहिक जीवनको ४१ वर्ष सफलताका साथ बिताइसकेका छन् । अमिताभ र जया दुवै त्यसबेला लोकप्रिय नायक–नायिका थिए । विवाहपछि भने जयाले फिल्म खेल्न छाडिन् । रेखालगायत अन्य नायिकासँग अफेयर्सका कारण अमिताभ विवादमा परे पनि जयाका लागि इमान्दार साबित भएका थिए ।

लता एक म्यागजिनका लागि रजनीकान्तको अन्तर्वार्ता लिनका लागि पुगेकी थिइन् । त्यही अन्तर्वार्ताले रजनी र लताका बीच प्रेमको बीजारोपण भयो । १९८१ मा यी दुवैले विवाह गरेका थिए । यी दुवैले सँगै फिल्म पनि गरेका छन् ।

ऋषि कपुरसँग डेट गर्न सुरु गर्दा नीतु १४ वर्षकी थिइन् । ८० को दशकमा चर्चा कमाएका नितु र ऋषिले सन् १९८० मा विवाह गरेका थिए । यी दुवैले सानै उमेरमा विवाह गरेका थिए । यी दुवैको विवाह त्यस समय निकै चर्चामा थियो । उनीहरूलाई बलिउडमा आदर्श जोडीमा एक मानिन्छ । नितुले विवाह सफल बनाउनका लागि फिल्मबाट संन्यास लिएकी थिइन् ।

काजोल र अजयको भेट सन् १९९५ मा आएको फिल्म ‘हलचल’ बाट भएको थियो । सोही समय टुसाएको प्रेमलाई उनीहरूले ४ बर्ष डेट गरेर मलजल गरिरहेका थिए । अन्तत सन् १९९९ मा यी दुवैलेै विवाह गरे । धेरैले यी दुबैको विवाह लामो समय टिक्दैन भन्ने धेरैको बुझाइ थियो । तर यो भनाइ गलत साबित भयो ।

अक्षयले ट्विङ्कलसँग सन् २००१ मा विवाह गरेका थिए । यो विवाह टिक्छ भनेर बलिउडमा कसैले पत्याएका थिएनन् । अहिले यो जोडीलाई बलिउडका सबै भन्दा परफेक्ट मानिन्छ । अक्षय अहिले आफ्नो प्रगतिको सम्पूर्ण श्रेय श्रीमती ट्विङ्कललाई दिने गर्छन् ।

२३ वर्षपहिले विवाह गरेका बलिउड स्टार शाहरुख खान र गौरी खानको जोडी सफल मानिन्छ । उनीहरूका प्रेमकथा निकै रोमाञ्चक छन् । गौरी हिन्दु र शाहरुख मुस्लिम भएकाले सुरुमा गौरीको परिवारले विवाह अस्वीकार गरेको थियो । तर, एक अर्काप्रतिको प्रेम साकार बनाउँदै उनीहरूले विवाह गरेका थिए ।

सन् १९८० मा विवाह गरेका धर्मेन्द्र र हेमा मालिनीले विवाहको साढे तीन दशक एक साथ बिताइसकेका छन् । धर्मेन्द्र विवाहित भए पनि हेमाको सुन्दरतामा उनी कति पागल भए भने उनलाई विवाह गरेरै छाडे । हेमासँग विवाह गर्नकै लागि धर्मेन्द्रले इस्लाम धर्म स्वीकारेका थिए ।

रितेश र जेनेलियाको भेटघाट फिल्म ‘तुझे मेरी कसम’को सेटमा भएको थियो । यो दुवैको डेब्यु फिल्म थियो । यिनीहरूले ९ वर्ष एकअर्कालाई डेट गरेर विवाह गरेका थिए । सुरुमा जेनेलिया मराठी परिवारकी नभएका कारण रितेशको परिवारले स्वीकार गरेका थिएनन् । तर पनि यी दुवैले विवाह गरेका थिए । यो जोडी बलिउडको क्युट जोडीका रूपमा चिनिन्छ ।

फिल्म ‘ढाई अक्षर प्रेम के’ र ‘कुछ न कहो’ का दौरानमा अभिषेक बच्चन र ऐश्वर्या राय राम्रो साथीमात्रै थिए । त्यस समयमा यी दुवै अरू नै कोहीसँग डेट गर्दथे भनेर पनि भन्ने गरिन्छ । फिल्म ‘बन्टी और बबली’को गीत कजरारे कजरारेको छायांकन भइरहँदा यी दुवैका बीच प्रेम टुसाएको थियो । यसपछि यी दुवैलेै ‘उमराव जान’, ‘गुरु’, ‘रावन’ र ‘धुम २’ मा सँगै काम गरे । यी दुवैले सन् २००७ मा विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्