जब सलमान खानले रणवीर कपूरलाई झापड हाने…



एजेन्सी : बलिउडका दंवग सलमान खान र रनवीर कपूरको सम्बन्धबारे धेरैलाई थाहा छ । उनीहरुको सम्बन्ध बिग्रिनुको मुख्य कारण सबैले कटरीना र रनवीरको सम्बन्धलाई लिने गरिन्छ ।

सलमान खान र रनवीर कपूर एकअर्कालाई फुटेको आँखाले पनि हेर्न रुचाउँदैनन् । रनवीर कपूर अभिनय क्षेत्रमा आउनुभन्दा पहिला नै सलमान खानसँग लडाइ भएको थियो ।

सलमान खान आफ्ना साथीहरुसँग मुम्बइ पबमा रमाइ रहेका थिए भने अर्को तर्फ रनवीर कपूर पनि रमाइ रहेका थिए । यस्तैमा उनीहरुबीच वाकयुद्ध नै चल्यो । सलमान खानले आफु रिस नियन्त्रण गर्न सकेनन् र रनवीरलाई झापड हाने ।

रनवीर तत्काल उक्त ठाउँ छाड्दै घरतिर लागे । तर, रनवीरका पिता ऋषि कपूर भने चुप लागेनन् । उनले सलमान खानलाई यसको कडा जबाफ दिने धम्की दिइनै रहे । सलमान खानका पिता सलिम खानलाई उक्त घटनाले अत्यन्त लाजमर्दो स्थिति बनायो ।

उनले ऋषि कपुरसँग माफी माग्न आफु तयार रहेको बताएका थिए । सलिम सलमान खानलाई लिएर ऋषि कपूरको घरमा माफी माग्न पुगेका थिए ।

तर, ऋषि कपूरले पनि आफ्नो रिस उनीहरुलाई घण्टौ सम्म कुराएर मागे । अत्यन्त बिन्ति भाउ गरेपछि ऋषि कपूरले सलमान खानलाई माफी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्