लहानमा टाउको काटिएको अवस्थामा पुरुषको शव फेला



सिरहा : सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
लहान नगरपालिका वडा नम्बर–१७ निवासी करिब ४० वर्षीय पुरुषको शव आज (मंगलबार) बिहान फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

लहानका डिएसपी शरद कुमार क्षेत्रीका अनुसार घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको हो ।

उनको सोमबार राति नै हत्या भएको आशंका गरिएको छ । यद्यपी कसले र किन हत्या गरेको हो ? भन्ने नखुलेको डिएसपी क्षेत्रीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि पठाइएको क्षेत्रीले बताए ।

लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या भएको छ भने ५७ जनाले आत्महत्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्