भरुवा बन्दुक सहित एक जना पक्राउ



रुकुम : रुकुममा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन्। भूमे गाउँपालिका-९ चायाँचुङबाट सोही ठाउँस्थित पेदी बस्ने ४५ वर्षीय आसु पुनलाई भरुवा बन्दुक १ थान, बारुद ५ सय ग्राम र छर्रा सहित प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय चुनवाङबाट खटिएको प्रहरीले उक्त लोड भएको भरुवा बन्दुक बोकी जंगलतर्फ जाँदै गर्दा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहरेको छ ।

प्रतिक्रिया दिनुहोस्