दिपायलबाट सेनाको सुदूरपश्चिम पृतना कैलाली सर्यो



कैलाली: नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ ।

वि.सं.२०६० सालमा तत्कालिन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा उक्त सेनाको पृतना स्थापना भएको थियो ।

स्थापना भएको १७ वर्षमा सुदूरपश्चिम पृतना दिपायलबाट कैलालीको तेघरीमा सरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ ।

देशमा संघीय गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली स्थापना गरिएपछि उक्त सेनाको पृतना कैलाली सरेको हो ।

पृतना कैलाली सरेपछि कैलालीमा रहेको श्री नं ५ बाहिनी अड्डा र बाहिनी मातहतका सम्पूर्ण युनिट दिपायल राजपुर आउने तयारी भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्