नियन्त्रित लागूऔषध सहित पक्राउ



बाँके : बाँकेमा नियन्त्रित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छन् ।

नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट भारत बहराईच रुपैडिहा बस्ने ४५ वर्षीय रामकिसुन सरोजकोलाई नियन्त्रित लागूऔषध कोरेक्स १ सय एमएलको ४१ थान सहित प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्