बर्दियाकी बालिकामा कोरोना पुष्टी भएपछि कैलालीको मजगाउँ सिल



धनगढी: बर्दियाको ११ वर्षिय बालिकामा कोरोना भाइरस संक्रमणको पुष्टी भएपछि कैलालीमा गोदावरी नगरपालिका ८ को मजगाउँ सिल गरिएको छ ।

कैलालीबाट बर्दिया पुगेपछि उनमा कोरोना पुष्टि भएको थियो । उनी चैत ५ गते आफ्नो हजुर आमासँग मजगाउँ पुगेकी थिईन् । उनीसँगै रहेकी हजुर आमालाई भने कोरोना नभएको पुष्टि भएको छ ।

बालिकाको सम्पर्कमा आएका सबै परिवारजनको पीसीआर विधिबाट कोरोना परिक्षण गर्ने जनाइएको छ । गोदावरी नगरपालिकाको प्रवक्ता शर्मानन्द भट्टका अनुसार उनको सम्पर्कमा आएका २१ परिवारको १ सय ३० जनाको कोरोना परिक्षण हुने भएको छ ।

‘बालिकाको सम्पर्कमा रहेकाहरुको स्वाब संकलनको तयारीमा छौं’, प्रवक्ता शर्माले भने,‘हाल त्यो क्षेत्रलाई सिल गरेर सबैलाई घरभित्र बस्न लगाएका छौं ।’

नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख वीर बहादुर कुँवरका अनुसार सोमबारको दिन कोरोना संक्रमण देखिएपछि त्यो बालिका बैसाख १२ गते मजगाउँबाट कैलालीको भजनी हुँदै १६ गते बर्दिया गएपछि उनलाई क्वारेन्टाईनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्