रुपन्देहीका पहिलो कोरोना संक्रमित डिस्चार्ज



रूपन्देही : रुपन्देहीका पहिलो कोरोना संक्रमित निको भएका छन्। कोटहिमाई गाउँपालिका १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा रामनगरस्थित बुटवल धागो कारखानामा संचालित आइसोलेसन अस्पतालमा राखिएको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्