मकवानपुर प्रवेशमा कडाइ, पूर्वपश्चिम राजमार्गमा गाडी चल्न नदिइने



हेटौँडा : बागमती प्रदेशको राजधानी हेटौँडामा पूर्वपश्चिम राजमार्गमा गाडी चल्न नदिने भएको छ । सीमा जोडिएका जिल्लामा कोरोना संक्रमण बढेसँगै मकवानपुर प्रवेशमा कडाइ गर्न थालिएको हो ।

आज (मंगलबार) हेटौँडामा बसेको बैठकले राजमार्ग हुँदै हेटौंडा भित्रने सवारी र मानिस दुवैलाई रोक लगाउने निर्णय गरेको हो ।

बैठकले बुधबारदेखि पूर्वपश्चिम राजमार्ग हुँदै हेटौंडाबाट आवत जावत पूर्ण रुपमा बन्द गर्ने भएको हो ।

रोगको संक्रमणको उच्च जोखिमको मूल्यांकन गर्दै लकडाउन कार्यान्वयनमा कडाइ गर्ने र दक्षिण नाकामा प्रहरी पोष्ट खडा गरी आउने सवारीलाई कडाई गर्ने भएको जिल्ला समन्वय सिमितिका सभापति रधुनाथ खुलालले जानकारी दिए ।

बैठकले भोलि बुधवारबाट दैनिक उपभोग्य सामान बिक्री बाहेक अन्य व्यवसाय खोल्न नदिने भएको छ ।

उपभोग्य सामान बिहान ९ बजे सम्ममात्र बिक्री गर्न दिने भएको छ भने मेडिकल, भेटेनरी तथा कृषि औषधि पसल सञ्चालनमा रोक नलगाउने भएको छ ।

बैठकले जेठ १ गतेबाट तरकारी तथा माछामासुको पसल सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ भने बैकिङ कारोबार दैनिक बिहान १० देखि ३ बजेसम्म गर्न दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्