उपचार गराउन गएकी युवती डाक्टरद्वारा बलात्कृत



जनकपुरधाम : उपचारका लागि क्लिनिकमा पुगेको बेला जनकपुरमा एक युवतीलाई डाक्टरले बलात्कार गरेकाे घटना बाहिरिएको छ ।

लकडाउनको समयमा उपचारका लागि क्लिनिकमा गएको बेला डाक्टरले जबर्जस्ती करणी गरेको पीडित युवतीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी छन्।

पीडित युवतीको उजुरीको आधारमा आरोपित डाक्टरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत पक्राउ गरिएका सो डाक्टरको नाम प्रहरीले गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्