पीएसजीसँग म्यानयु पराजित, रोमाले पोर्टोलाई हरायो



काठमाडौं: युरोपियन च्याम्पियन्स लिग फुटबलका प्रि–क्वाटरफाइनलका खेल सुरु भएका छन् । गएराति भएका पहिलो लेगका खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र ए.एस. रोमा विजयी भएका छन् ।

फ्रान्सको पिएसजीले इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडलाई उसैको मैदानमा २–० ले हरायो । पाहुना टोलीका लागि दुबै गोल किलियन एम्बाप्पेले गरे । राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा ईटालीको ए.एस रोमाले पोर्चुगलको एफ.सी पोर्टोलाई २–१ ले हरायो ।

ईटालीमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन दुबै गोल निकोलो जानिलोले गरे । पोर्टोका लागि एड्रियान लोपेजले एक गोल फर्काए । रोमा र पोर्टो तथा म्यान्चेस्टर युनाइटेड र पि.एस.जी.बिचको दोस्रो लेगको खेल आगामी मार्च ७ तारिखमा हुनेछ । च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुनेछन् ।

आज नदेरल्याण्ड्सको आयाक्स र स्पेनको रियाल मड्रिड भिड्दा इङ्ल्यान्डको टोटनह्याम हट्सपरले जर्मनीको बोरुसिया डर्टमण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्