राजधानीमै सामूहिक बलात्कार



काठमाडाै‌‌ : राजधानीमै सोमबार एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।

स्युचाटारमा डेरा गरी बस्ने २१ वर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । 

प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जने बाटोमा पर्ने एक खाजा पसलबाट उद्धार गरेको थियो । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीका अनेसार मामा नाता पर्ने अर्जुनले दिउँसो साढे ४ बजेतिर युवतीलाई खाजा खान भन्दै होटलमा लगेका थिए । 

युवतीले आफूलाई नुवाकोट स्थायी ठेगाना भएका अर्जुन लामा, स्युचाटारकै एक होटलका सञ्चालक रामकृष्ण नगरकोटी र उनका साथी सूर्य लामाले बलात्कार गरेको बयान दिएकी छन् ।

बलात्कारको अरोप लागेका तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । याे खबर आजको कान्तिपुर दैनिकबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्