वीरगञ्जमा कोरोनाको उपचारमा संलग्न सर्न नै संक्रमित



वीरगञ्ज : वीरगञ्जमा एक नर्समा पनि कोरोना संक्रमण भएको पाइएको छ ।

बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये एक जना नर्स रहेको पाइएको हो ।

वीरगञ्जस्थित कोरोना संक्रमित व्यक्तिको उपचारमा संलग्न ३६ वर्षीया महिला नर्स हुन् ।

अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिए ।

यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्