शिक्षण अस्पतालको न्यूरो वार्ड सिल



काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी बालिकामा कोरोना संक्रमण देखिएपछि अस्पतालले न्यूरो वार्ड सिल गरिएको छ ।

अहिले बाहिरबाट कर्मचारी र स्वास्थ्यकर्मी बाहेकलाई अस्पताल प्रवेशमा रोक लगाइएको छ ।

ती बालिकाको उपचारमा संलग्न चिकित्सक, नर्स लगायक ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनलाई काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको अस्पतालले जनाएको छ ।

न्यूरो वार्डमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकामा आज बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै न्यूरो वार्डमा रहेका अन्य पाँच जनालाई पनि गणेशमासिंह भवनमा बनाइएको आइसोलेसनमा वार्डमा सारिएको छ । ती बालिकालाई कपिलवस्तुबाट उपचारका वैशाख ३० गते शिक्षण अस्पताल भर्ना भएकी थिइन् ।

यसैगरी बालिकामा कोरोना संक्रमण देखिएपछि उनको उपचारमा संलग्न चिकित्सह, नर्स र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर बालिकाको कन्ट्याक ट्रेसिङमा आएका व्यक्तिको पीसीआर टेस्ट गर्ने जनाएको छ ।

बालिकाको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा बसेर बाँकीलाई नियमित काममा गर्न शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्