कोरोना भाइरसबाट कसरी सुरक्षित बस्ने? डा. रमेश आर्चायले दिए घतलाग्दा सुझाव (भिडियोसहित)



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि सरकारले छैटौं पटक थपेको लकडाउन यहिँ जेठ ५ गते राति १२ बजेबाट सकिँदैछ ।

मुलुकमा पछिल्लो समय पीसीआर परीक्षण बढाएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले कडाउनलाई थप कडा पार्न निर्देशन दिएको छ । तर, लकडाउन थप्ने कि नथप्ने, थप्ने भए अहिलेभन्दा खुकुलो पार्ने कि संक्रमित संख्या बढेसँगै थप कडाइ गर्दै जाने भन्नेमा बहस जारी छ ।

अमेरिका लगायत संसारका विभिन्न मुलुक लकडाउन खुकुलो पारेरै कोरोनासँग लड्न खोजिरहेका छन् । महामारीबीच पनि अर्थतन्त्र गतिशील राख्न अमेरिकाका थुप्रै राज्यले उद्योग व्यवसाय सञ्चालन गर्न थालेका छन् । यही बेला केही देशले भने संक्रमित संख्या बढेपछि खुलिसकेको बजार पनि बन्द गरेका छन् ।

यता विश्वकै शक्तिशाली भनेर दावी गर्ने देश अमेरिकाका कार्यकारी प्रमुखले मलाई मान्छे होइन्, अमेरिकाको अर्थतन्त्र जिउँदो चाहिन्छ भनिरहँदा हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र जेसुकै होस् देशका नागरिक कोही पनि मर्नुहुँदैन भनिरहेका छन् ।

कतिपय विज्ञहरुले अर्थतन्त्र डामाडोल हुन्छ लकडाउन खुकुलो बनाउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई सुझाव दिइरहेका छन् । तर, प्रधानमन्त्री ओलीले हाम्रा नागरिक मरे भने त्यो पैसा के गर्ने सुनको बाकसमा हालेर आर्यघाट लैजाने ? भन्दै प्रश्न तेर्साएका छन् ।

नेपालमा पनि केही दिनयता धमाधम नयाँ बिरामी भेटिन थालेका छन् । अहिलेसम्म २४६ जनामा संक्रमण पुष्टि भइसकेको छ । खुला सीमा हुँदै भारतबाट प्रवेश गर्नेमा बढी संक्रमण पाइएका छन् ।

सबभन्दा ज्वलन्त उदाहरण दक्षिण कोरिया हो, जसले सुरूदेखि व्यापक परीक्षण गर्नुका साथै सामाजिक दुरी कडाइसाथ लागू गरेको थियो । यहाँ आवागमन निषेध नगरिए पनि बाक्लो जमघटमा रोक लगाइएको थियो । बार, रेस्टुरेन्ट र क्लबहरू बन्द गरिएका थिए ।

सुरूदेखि चनाखो भएर काम गर्दा दक्षिण कोरियामा लामो समय नयाँ बिरामी देखिएको थिएन ।
यसैबीच सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त भाइरसको महामारीबाट बच्न पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, “हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था रहेकाले तत्काल पीसीआर दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ ।”

देशमा यस्तै अन्योलको माहोल भइरहँदा चीनबाट अनुभव बटुलेर आएका चिकित्सक डा.रमेश आचार्यसँग टिएनटी अनलाईन टिभिले छोटो भलाकुसारी गरेको छ । जसमा उनले केहि नयाँ खुलासा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्