मेवाको पातको जुसको यति धेरै फाइदा !



– मेवाको पातमा क्यान्सरसँग लड्ने गुण हुन्छ । जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई उत्पन्न हुनबाट जोगाउँछ ।

– मेवाको पातको जूस दैनिक दुई चम्चा तिन महिनासम्म पिउनाले रगतमा प्लेटलेट्सको मात्रा चाँडै नै बढेर जान्छ ।

– शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो रक्त कोषिका (व्हाईट व्लड सेल्स) र प्लेटलेट्सलाई पनि बढाउनमा मद्दत गर्छ ।

– रगतको कमीमा लाभदायक मेवाको पातको जूस औषधि भन्दा कम हुँदैन । यदी तपाईको रगतमा प्लेटलेट्स कम हुँदैछ भने मेवाको पातको जूस पिउन सक्नुहुन्छ ।

– डेंगूको लागि रामबाण औषधि डेंगू र मलेरियासँग लड्नमा मेवाको पातको जूस धेरै नै लाभकारी हुन्छ । यसले ज्वरोको कारण कम हुँदै गएको प्लेटलेट्सलाई बढाउनुका साथै शरीरमा कमजोरी हुन दिदैँन ।

– महिनावारीको समय हुने दुखाई धेरै नै खतरनाक हुन्छ । यस अवस्थामा हुने दुखाईमा मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाउने । त्यसपछि त्यो काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्