देशभर एकीकृत एम्बुलेन्स सेवा उपलब्ध गराइने



काठमाडौं : देशभर एकीकृत एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन अंकको नम्बरमा देशभर एम्बुलेन्स सेवा उपलब्ध गराइने घोषणा गरेकी हुन् ।

यस्तै सरकारले एक स्थानीय तहमा एक एम्बुलेन्स लागि १० करोड रुपैयाँ विनियोजन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले एक स्थानीय तहमा एउटा एम्बुलेन्स खरिदका लागि १० करोड रुपैयाँ विनियोजन गर्ने भएको बताइएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्