लागूऔषधसहित दुईजना पक्राउ



जनकपुरधाम : महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ७ शंकर चौकबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति सम्सी प्रहरी चौकी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजांचका क्रममा ज ७ प ५१९६ नं. को मोटरसाइकलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको होे । पक्राउ पर्नेहरुमा महोत्तरी जिल्ला भंगहा नगरपालिका वडा नम्बर १ का अजय मण्डल र सोही ठाउँका रामजी मण्डल रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट लागूऔषध एक्सप्लोन सिरफ सय एमएलको ३७ बोतल र डाइलेक्स सिरफ सय एमएलको पाँच बोतल गरी जम्मा ४२ थान बोतल बरामद गरिएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्