यसरी मनाउन थालियो ‘भ्यालेन्टाइन डे’



काठमाडाैं : हरेक वर्ष १४ फेब्रुअरीमा ‘भ्यालेन्टाइन डे’ मनाइन्छ । ‘भ्यालेन्टाइन डे’ को दिनमा युवक–युवतीले एकआपसमा प्रेम प्रकट गर्छन् । यस दिन आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राखिन्छ ।

 

‘भ्यालेन्टाइन डे’ तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट सुरु भएको हो । ‘भ्यालेन्टाइन डे’ को इतिहास फर्कर हेर्दा पादरी सन्त भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित देखा पर्छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राटको निर्णयलाई धर्मविरुद्ध भन्थे । उनले सम्राटको उर्दीको विपरित लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले । यो समाचार सम्राटको कानसम्म पुग्यो । अनि सन्त भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो ।

 

जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् । आफूलाई झुन्ड्याउनुअघि भ्यालेन्टाइनले ‘लभ यु योर भ्यालेनटाइन’ लेखी हस्ताक्षरसहितको एउटा नोट ती महिलालाई दिएका थिए । भ्यालेन्टाइनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा झुन्ड्याइयो । उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डेका दिन आफ्नो सन्देश लेखेर दिने चलन सुरुआत् भएको मानिन्छ । उनलाई मृत्युदण्ड दिएको दिनलाई भ्यालेन्टाइन्स डेका रुपमा पनि मनाउन थालियो ।

 

अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने सन्त भ्यालेन्टाइनको मान्यता थियो । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, युवकयुवती जोडी तयार पारेर सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेका थिए । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाइन्छ ।

 

विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । यस दिनलाई विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रुपमा मनाउँछन् । अहिले आएर ‘भ्यालेन्टाइन डे’ले विश्वव्यापी मान्यता पाइसकेको छ ।

 

‘भ्यालेन्टाइन डे’ ले नेपाली युवा पुस्तालाई पनि प्रभाव पारिरहेको छ । यस दिन युवकयुवतीले आप्mनो प्रेमी वा पे्रमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव पनि राख्ने गर्छन् । ‘भ्यालेन्टाइन डे’ जति नजिकिँदै जान्छ फूल तथा कार्ड व्यवसायी आफ्नो पसल सजाउन उत्तिकै उत्साहित हुन्छन् ।

 

प्रेम भावनासँग सम्बन्धि कुरा हो । यसलाई अनेक प्रतीक र बिम्बमा अभिव्यक्त गरिन्छ । रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा सबै भन्दा धेरै प्रयोग हुने वस्तुमा गुलाफको फूल नै हो । ‘भ्यालेन्टाइन डे’ को दिनमा पे्रमी–प्रेमिकाले गुलाफ आदानप्रदान गरेर प्रेम प्रकट गर्ने गर्छन् । प्रेम समझदारी, समर्पण, इमानदारिता, विश्वास र पवित्रताको प्रतीक हो । प्रेममा यी कुराहरु भएनन् भने त्यस्तो प्रेमको कुनै अर्थ हुँदैन ।

 

‘भ्यालेन्टाइन डे’ मा आप्mनो पे्रमी–प्रेमिकालाई फूल, चकलेट, सुगन्धित क्यान्डल, स्पाको भौचर, छोटो यात्रा, भित्री वस्त्र, कस्मेटिक, खेलौना, पफ्र्युम, जुत्ता, लुगा लगायत दिन सकिन्छ । यस दिन काठमाडौंका युवकयुवती गोदावरी, चोभार, त्रिभुवन पार्क, पशुपति क्षेत्र, स्वयम्भू, दरबार स्क्वायर, ड्रिम गार्डेनलगायतका ठाउँमा घुम्न जाने गर्छन् । (एजेन्सीहरुकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस्