यस्तो थियो एसियाकै धनि मुकेश अम्बानी र निताको प्रेम



जेन्सी : निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।

उनले नर्सी मोन्जी कलेज अफ कमर्स एण्ड इकोनोमिक्सबाट बि कमको अध्ययन पुरा गरेकी थिइन् । उक्त कलेज मुम्बईमा रहेको छ ।

बाल्यकालदेखि नै नृत्यको सौखिन रहेकी उनले भारत नाट्यम पनि सिकेकी छिन । उनले विवाह पुर्व विभिन्न कार्यक्रममा नृत्य पनि प्रस्तुत गरेकी थिइन् ।

मुकेश अम्बानीका पिता धिरुभाइ अम्बानीले नितालाई एक नृत्य कार्यक्रममा भेटेका थिए । उनले नितालाई केही दिनसम्म विशेष काम छ भनी बोलाइ राखेका थिए । अन्ततः उनले आफ्नो मनको कुरा भने छोडे । उनले आफ्नो ठुलो छोरा मुकेश अम्बानीलाई भेट्न आग्रह गरे । उनले पनि नाहिँनास्ती गर्न सकिनन् । त्यसपछि उनको भेट मुकेश अम्बानीसँग भयो ।

मुकेश र निता बारम्बार भेट गर्न थाले । अन्ततः ती भेटहरु प्रेममा परिणत हुन बेर लागेन । मुकेशले आफ्ना मनका भावनाहरु थाम्न सकेनन् । मुम्बईको अत्यन्त व्यस्त स्थलमा मुकेशले नितालाई प्रपोज गरे । निताले आफ्ना भावनाहरु नियन्त्रण गरिन् । तर, उतिखेरै भने उनले प्रस्तावलाई अस्वीकार पनि गरिनन् । सन् १९८५ मा मुकेश र निताको विवाह भयो । विवाह गर्दा निता २२ वर्षकीमात्र थिइन् । विवाह पुर्व टिचर पेशा अपनाइरहेकी उनले विवाहपछि पनि केही वर्ष पढाउने काम गरिन् ।

यी दम्पत्तिको दुई छोरा र एक छोरी सन्तान रहेका छन् । निता अम्बानीले आइभिएफ मार्फत दुई जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । निता अम्बानीलाई पौडी खेल्न, नाच्न, र आफ्ना सन्तानहरुसँग समय बिताउन एकदमै मनपर्छ ।

निता अम्बानीको तौल कुनै समय ९० केजीभन्दा बढी थियो । उनले आफ्नो छोरा अनन्तलाई तौल घटाउन ठुलो प्रेरणा दिने काम गरेकी थिइन्

प्रतिक्रिया दिनुहोस्