प्रदेशसभा समिति सभापतिमा मनोनयन दर्ता



जनकपुरधाम : प्रदेश नं. २ प्रदेशसभाका विषयगत समितिको सभापति निर्वाचनका लागि मनोयन दर्ता भएको छ । सातवटा समितिमध्ये राजनीतिक सहमतिका आधारमा संघीय समाजवादी फोरम नेपालले २, राष्ट्रिय जनता पार्टी नेपालले २, नेपाल कम्युनिस्ट पार्टीले २ र नेपाली कांग्रेसले एउटा समिति पाएका छन् ।

सार्वजनिक लेखा समितिमा नेकपाका भरत साह, अर्थ योजनामा राजपाका मनिष सुमन, विकास समितिमा फोरमका अब्दुल कयुम, महिला, बालबालिका तथा न्याय समितिमा राजपाका जयनुल राइन र  प्राकृतिक स्रोत तथा वातावरणमा नेकपाका रामचन्द्र मण्डलकाे मनाेनयन दर्ता भएकाे छ ।

 

यसैगरी कृषि तथा भूमि व्यवस्थामा कांग्रेसका वीरेन्द्रप्रसाद सिंह र प्रदेश मामिला समिति सभापतिमा फोरमका अशोककुमार यादवले मनोनयन दर्ता गराएका छन् । शुक्रबार ती समितिको निर्वाचन हुने कार्यतालिका तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्