बर्दिवासमा मेयर कप क्रिकेट प्रतियोगिता हुने



जनकपुर : ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ महोत्तरीको बर्दिवासमा पहिलो पटक मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित क्रिकेट प्रतियोगिता गर्न लागिएको नगर खेलकुद विकास समितिका अध्यक्ष धनराज लामाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

क्रिकेट प्रतियोगिता ७ देखि १३ गतेसम्म हात्तीलेटमास्थित खेल मैदानमा हुने आयोजक समितिले जनाएको छ । खेलमा बर्दिवास नगरपालिकाभित्रकै १२ वटा क्रिकेट टोलीको सहभागिता रहनेछ । लागुऔषध दुव्र्यसनबाट बर्दिवास नगर क्षेत्रका युवालाई जोगाउने उद्देश्यसहित आगामी दिनमा भलिबल, मार्सल आर्टलगायत विभिन्न प्रतियोगिता गराउने अध्यक्ष लामाले जानकारी दिए ।

उनका अनुसार खेलकुदका लागि अहिले बर्दिवास नगरभित्र खेल मैदानको अभाव छ । बर्दिवासका १४ वटै वडामा एकएक वटा खेल मैदानका लागि नगरसँग बजेट माग गरिएको लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्