प्रेम दिवसमै संजोग र बर्षाको बिहे



काठमाडौं: नायक संजोग कोइराला र नायिका बर्षा राउत प्रेम दिवसको दिन बैबाहिक जीवनमा बाधिएका छन् । संजोग र बर्षाले काठमाडौंको एक पार्टी प्यालेसमा बिहे गरेका छन् । तर, उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीलाई भने निम्तो दिइएको थिएन । विवाहको तस्बिर खिच्न जाने पत्रकारलाई पनि उनीहरुको विवाहमा प्रवेश दिइएको थिएन ।

संजोग र बर्षा ७ बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले शुक्रबार बेलुकी चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् ।

नायिका बर्षा पछिल्लो समयकी ब्यस्त नायिकाहरु मध्य एक हुन् । उनले अभिनय गरेको फिल्म ‘चौका दाउ’, ‘गोपी’, ‘नाइँ नभन्नू ल ४’, ‘कथा काठमाडौं’, ‘उत्सव’, ’छक्का पञ्जा ३’, ’बाजीगर’ लगायतको रहेको छ । फिल्मका अलवा उनले म्युजिक भिडियोमा समेत काम गरेकी छिन् ।  ‘एउटा यास्तो प्रेम कहानी’ फिल्ममा वर्षा र संजोगले एकसाथ अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्