विद्यार्थीलाई साइवर क्राइमबारे प्रशिक्षण



ढल्केवर(धनुषा): साइवर क्राइम, लागूऔषध र मादक पदार्थबाट बच्न विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । समुदाय–प्रहरी साझेदारी अवधारणा अनुसार विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकाको श्री जयसवाल माध्यमिक विद्यालयका विद्यार्थीलाई सो प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा कक्षा ९,१० र ११ मा अध्यनरत विधार्थीहरुको सहभागिता थियो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले साइवर क्राइम सम्बन्धि प्रशिक्षण दिएका थिए भने लागूपदार्थ र मादक पदार्थ सेवन र यसका असर बारेमा प्रहरी चौकी पोर्ताहाका प्रहरी सहायक निरीक्षक रामहरि खड्काले जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्