विदेशबाट आउने रेमिट्यान्समा ५५ प्रतिशतले गिरावट



काठमाडौंः विदेशबाट प्राप्त हुने रेमिट्यान्स भारी मात्रामा घटेकोे राष्ट्र बैंकले जनाएको छ ।

चालु वर्षका अघिल्ला ८ महिनामा मासिक औसत ७४ अर्ब रेमिट्यान्स भित्रिने गरेको नेपालमा चैतमा ३४ अर्ब ४८ करोड मात्रै भित्रिएको छ ।

यो करिब ५५ प्रतिशतको गिरावट हो । फागुनको तुलनामा यो अझै उच्च दरको गिरावट हो । फागुनमा ७९ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको थियो ।

विश्वभर कोरोना भाइरस महामारीको असर बढ्न थालेपछि चैतदेखि रेमिट्यान्स आयमा भारी गिरावट आउने अनुमान गरिएको थियो । रेमिट्यान्ससँगै अन्तर्राष्ट्रिय व्यापार खुम्चिएको पनि राष्ट्र बैंकले बताएको छ ।

त्यस्तै, सरकारी राजस्व र खर्च पनि कोराना भाइरसका कारण प्रभावित भएको र यसले लगातार ७ प्रतिशतको आर्थिक वृद्धिमा रहेको मुलुकलाई तेस्रो त्रैमाससम्म २ प्रतिशतको विस्तारमा धकेलेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्