‘मन्त्री रामनरेश नालायक र भ्रष्ट’



जनकपुरधाम: नेपाली कांग्रेस प्रदेश दुई संसदीय दलका नेता रामसरोज यादवले उद्योग, वन तथा पर्यटनमन्त्री रामनरेश रायलाई नालायक भएको आरोप लगाएका छन् । सरकारी सुविधा लिएर घरमै बसी मन्त्रालयको काम गर्दै आएका मन्त्री रायलाई यादवले नालायक र भ्रष्ट भएको आरोप लगाए ।

आज पत्रकारहरुसँग कुरा गर्दै नेता यादवले भने, " सरकारको सेवा सुविधा लिई विभिन्न बहानामा घरबाटै मन्त्रालय चलाउने राय नालायक र भ्रष्ट मन्त्री हुन्।'  उनले विधेयकहरु निर्माणको नाममा मन्त्री रायले २५ लाख रुपैया आफ्नै नातागोताका कन्सलटेन्सीलाई दिएर भ्रष्टाचार गरेको आरोप समेत लगाए ।

नेता यादवले विधेयकका लागि सम्बद्ध निकायका विज्ञको राय सुझाव नलिएर भ्रष्टाचार गर्न रेडिमेड विधेयक ल्याउन लागिएको बताए । उनले प्रदेश सरकारले १० प्रतिशत पनि काम गर्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्