भ्यालेन्टाइन डेमा आमाबुवा पूजन दिवस मनाइयो



जनकपुरधाम: देशभर भ्यालेन्टाइन डे मनाइरहेका बेला बिहीवार जनकपुरधाममा भने आमाबुवा पूजन दिवस मनाइएको छ । जनकपुरधाम १२ हनुमाननगरस्थित राधाकृष्ण योग सेवा केन्द्रले प्रेम  दिवस मनाइने दिनमा आमाबुवाको दिव्य पूजन गरी आमाबुवा दिवस मनाएर नयाँ कामको थालनी गरेको हो ।

कार्यक्रमा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आमा बुबाको पुजन गर्ने दिवसलाई आदर्श चरित्र निर्माण गर्ने दिवसका रुपमा ग्रहण गर्नु आवश्यक रहेको बताए । उनले आफुभन्दा ठुलालाई सम्मान तथा सानालाई आशिर्वाद दिने संस्कारको बृद्धि हुनसके समाजमा असल चरित्र निर्माण हुने बताए ।  

कार्यक्रममा योग गुरु बिनय भाई, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंणेल, गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ लगायतले धारणा राखेका थिए । कार्यक्रममा बृद्धआश्रमका जेष्ठ जागरिकहरुलाई पुजा तथा सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्