बाँकेको थप ४७ जनामा कोरोना पुष्टि



काठमाडौं: बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार ४७ जना संक्रमित थपिएका हुन् ।

क्वारेन्टाइनमै रहेको अवस्थामा कोरोना संक्रमणबाट युवकको निधन भएपछि नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो।

जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको जनाएको छ । बाँकी ८१ जनाको स्वाब परिक्षण हुने क्रममा रहेको बताइएको छ ।

अहिलेसम्म नेपालमा जम्मा ३५७ जना संक्रमित रहेका छन् । जस्मा ५९ जना महिला र २९८ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्