सार्वजनिक स्वास्थ्य संस्थाले स-शुल्क आरडिटी र पिसिआर परीक्षण गर्न पाउने



काठमाडौं : सरकारले सार्वजनिक स्वास्थ्य संस्थाबाट स-शुल्क आरडिटी र पिसिआर परिक्षण गर्न दिने नीतिगत निर्णय गरेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिर्पोटिङ गर्ने अनिवार्य सर्त पालना गर्ने गरी परीक्षण अनुमति दिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

उनले जोकोहीले पनि स्वेच्छाले परीक्षण गर्न पाउने बताउँदै भने, ‘विदेशी तथा नेपाली नागिरकले तोकिएको स्वास्थ्य संस्थाबाट सशुल्क परीक्षण गर्न पाउने व्यवस्था गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्