कोरोना परीक्षण गराउन दररेट नतोकिएको स्वास्थ्य मन्त्रालयको भनाई, भ्रमपूर्ण समाचार संप्रेषण नर्गन आग्रह



काठमाडौं– निजीसंस्थाबाट कोरोना परीक्षण गराउन १५ हजार लाग्ने समाचार प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ती जनाएको छ ।

जेठ ६ गते स्वास्थ्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले आरटी– पीसीआर परिक्षण स्वेच्छाले गर्न चाहानेहरूलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको लोकिएको मापदण्ड सूचनाको गोपनियता तथा नियमित रिपोटिङ गर्ने शर्त अनिवार्य पालना गर्ने गरी तोकउिको सार्वजनिक स्वास्थ्य संस्थाहरू मार्फत दररेटमा परीक्षण सशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । मंगलबार नियमित प्रेस कन्फे्रन्समा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका थिए ।

सशुल्क परीक्षणको निर्णय भएपछि विभिन्न सञ्चारमाध्यमहरूले १५ हजार लाग्ने भनेर समाचार पनि प्रकाशित गरेका थिए । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै परीक्षणको लागि मन्त्रालयले दररेट तोकिदिने भएपनि हालसम्म कुनै दररेट तोकि नसकेको जानकारी गराएको छ ।

मन्त्रालयले प्रत्रकारहरूलाई सही सूचना प्रवाह गर्न पनि आग्रह गरेको छ । साथै भ्रमपूर्ण समाचार संप्रेषण गरी समाजमा उत्तेजना फैलाउने कार्य भएकमा कानून बमोजीमको कारबाही गरिने पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्