नष्ट गरिए अवैध मदिरा भट्टी



ढल्केवर : सिरहा प्रहरीले अवैध रूपमा सञ्चालित तीनवटा मदिरा भट्टी नष्ट गरेको छ ।

जिल्लाको लहान नगरपालिका–२१ स्थित कालाबन्जरमा लुकाईछिपाई सञ्चालन गरिएको अवैध मदिरा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको छ । 

सुराकीका आधारमा इलाका प्रहरी कार्यालय लहान र सिरहाबाट खटिएका संयुक्त प्रहरी टोलीले नष्ट गरेका अवैध मदिरा भट्टी मान साह, सातो साह र कृष्ण तामाङको रहेको प्रदेश २ प्रदेश प्रहरी कार्यालय जनकपुरले जानकारी दियो ।

भट्टीबाट मदिरा बनाउन प्रयोग गरिने सिल्भरका भाडा २ वटा, तयारी मदिरा ४५ लिटर, कच्चा पदार्थ ६ सय ६० लिटर र प्लास्टिकको ड्रम ४४ वटा नष्ट गरिएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्