झापा, धनकुटा र सुनसरीमा १७ जनामा कोरोना, संक्रमित ४४४ पुग्यो



काठमाडौं : नेपालमा थप १७ जनामा कोरोना भेटिएको पुष्टि भएको छ । बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले थप १७ जनामा कोरोना भेटिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु रहेका छन् ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्