कपिलवस्तुमा दुई जना पत्रकारमा कोरोना संक्रमण



कपिलवस्तु : कपिलवस्तुमा आज (शुक्रबार) पुष्टि भएका नौ जना कोरोना संक्रमणमध्ये दुई जना पत्रकार रहेको खुलेको छ ।

दुई जनामध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का २४ वर्षका पुरुष वाणगंगा नगरपालिका वडा नं. ८ का हुन् ।

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्दै आएका थिए ।

एकजना वाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् ।

पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालका अनुसार दुवै पत्रकार स्वास्थ्यकर्मीको सम्पर्कमा पुगिसकेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्