डिपिएल : घरेलु टिम समूह चरणबाटै बाहिरियो



कैलाली : धनगढी स्टार्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को समूह चरणबाटै बाहिरिएको छ । लगातार तीन खेलमा पराजित भएको धनगढी चौथो खेल रद्द भएसँगै समूह चरणबाट बाहिरिएको हो । 

आजका लागि तय गरिएको धनगढी र महेन्द्रनगरबीचको खेल मैदानको अवस्थाका कारण रद्द भएपछि धनगढीको यात्रा टुंगिएको छ । खेल रद्द भएपछि दुवै टिमले एक एक अंक बाँडेका थिए । ४ खेलबाट मात्र एक अंक जोडेको धनगढी तालिकाको पुछारमा छ ।

 

मैदानको अवस्थाका कारण आजको पहिलो खेल पनि रद्द भएको थियो । लगातारको वर्षाका कारण मैदान हिलाम्य भएपछि आजका लागि तय भएको कुने पनि खेल हुन सकेन ।

 

प्रतिक्रिया दिनुहोस्