पोखरीबाट पेस्तोल बरामद 



सिरहा : सिरहामा बेवारिसे अवस्थामा कटुवा पेस्तोल फेला परेको छ ।

गोलबजार नगरपालिका वडा–५ असनपुरस्थित महन्ती सार्वजनिक पोखरीमा प्लास्टिकमा बेरेर फ्याँकिएको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको सशस्त्र प्रहरी बल सुरक्षा बस क्याम्प गोलबजारका प्रहरी निरीक्षक गणेश दत्त पाण्डेले जानकारी दिए । 

बच्चाहरू खेल्नेक्रममा बेवारिसे पेस्तोल देखेपछि गाउँलेमार्फत प्रहरीले खबर पाएको थियो । फेला परेको पेस्तोल इलाका प्रहरी कार्यालय गोलबजारमा बुझाइएको पाण्डेले बताए ।  

प्रतिक्रिया दिनुहोस्