काठमाडौंसहित विभिन्न जिल्लामा थप ३२ जनामा कोरोना पुष्टि



काठमाडौं : नेपालमा थप ३२ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवानमा गरि नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, सर्लाहीमा १३, बारामा १, काठमाडौंमा १, रुपन्देहीमा १ र चितवनमा १ गरेर ३२ मा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ५ सय ४८ पुगेको छ । तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्